Wednesday, October 30, 2019

नेपाल रेमिट र रेमिट्ली बिच रेमिट्यान्स सम्झौता

नेपाल रेमिट इन्टरनेशनल प्रा लि ले अमेरिका, यू के र युरोप लगायतका मुलुकहरुमा थप सेवा बिस्तार गरेको छ,, उक्त स्थान मा रहनुहुने नेपालीहरुले अब रेमिट्ली (Remitly) को मोबाईल एप्लिकेसन डाउनलोड गरी सजिलै आफुले चहेको आफन्त लाई आफ्नै मोबाईल बाट पैसा पठाउन र नेपालमा नेपाल रेमिट सँग आबद्द बैंक तथा ३००० भन्दा बढी पेमेन्ट काउन्टर हरु बाट सजिलै निकाल्न सक्नुहुने छ ।रेमिट्ली को उच्च ब्यबस्थापनले नेपालमा नेपाल रेमिट सँग सम्झौता गर्न र आपसी सहकार्यमा आफ्नो सेवा बिस्तार गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा नयाँ र उत्कृष्ट किसिम का सेवाहरु थप गर्दै लैजाने जानकारी दिएका छन,नेपाल रेमिट ले बिगत १४ बर्ष देखी बिश्वभरि छरिएर रहेका आफ्ना शहयात्रीहरु Xpress Money, WorldRemit, Instant Cash, Speed Remit, Cash Express, Alansari Exchange, Money Trans, Small World, Smart Money, Sigue, Money Trans, UNIStream,र नेपाल भरी छरिएर रहेका ३००० बढी एजेन्ट हरु बाट सेवा दिदै आएको छ, भबिस्यमा अझै सहज र उत्कृष्ट सेवा दिन हामी निरन्तर अगाडि बढीरहेका छौ कम्पनी का सिइओ रितेश मित्तल ले जानकारी गराउनु भयो।




Monday, July 1, 2019

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले आफ्नो ग्राहकवर्गहरुलाई सुविधा प्रदान गर्न सामसङ्गको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्ससँग साझेदारी


काठमाडौं, १६ असार, सिटी एक्सप्रेस मनी ट्रान्स्फर प्रा. लि ले आफ्नो ग्राहकवर्गहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न नेपालका लागि सामसङ्ग उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.सँग साझेदारी गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्स्फरका तर्फबाट श्री चन्द्र टण्डन र हिम इलेक्ट्रोनिक्स प्रा. लि.का तर्फबाट श्री प्रभाकर शम्शेर थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

RemitTv Suscribe

Remittance सम्बन्धी को सम्पूर्ण समाचार,सुचना र अन्य जानकारीको लागि Remit Tv हेरौ थप जानकारी को लागि Suscribe बटन मा क्लिक गर्नुहोस् 


IME Ilam