Monday, July 1, 2019

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले आफ्नो ग्राहकवर्गहरुलाई सुविधा प्रदान गर्न सामसङ्गको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्ससँग साझेदारी


काठमाडौं, १६ असार, सिटी एक्सप्रेस मनी ट्रान्स्फर प्रा. लि ले आफ्नो ग्राहकवर्गहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न नेपालका लागि सामसङ्ग उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.सँग साझेदारी गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्स्फरका तर्फबाट श्री चन्द्र टण्डन र हिम इलेक्ट्रोनिक्स प्रा. लि.का तर्फबाट श्री प्रभाकर शम्शेर थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् साथै अन्य देशभर रहेका सिटी एक्सप्रेस मनी ट्रान्स्फरका काउन्टरबाट पनि यस सेवा उपलब्ध गराउने योजना रहेको बताइएको छ । यो योजना असार १६, २०७६ बाट लागू भएको हो ।

रेमिट्यान्स सम्बन्धी को सम्पूर्ण भिडियो हेर्नको लागि सस्क्राइब गर्नुहोस् 
Suscribe Now

No comments:

Post a Comment